१४ वर्षीया किशोरी मृतावस्थामा फेला

कपिलवस्तु नगरपालिका– ११ रेहरामा मंगलबार एक युवती मृतावस्थामा फेला परेकी छन् । रेहरा निवासी अहमद अन्सरीकी १४ वर्षीया छोरी हसिना खातुन सुतिरहेका अवस्थामा बिहान ४ बजे मृत फेला परेकी हुन् ।
सुतिरहेकी छोरी मृत अवस्थामा भेटिएपछि निजका बुबाले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रह्लाद अधिकारीले जानकारी दिए ।
अहिले शव परीक्षणका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको छ ।
Kapilbastu