खेल

पूर्व–युनाइटेड खेलाडी फर्डिनान्डको बक्सिङ यात्रा सुरु

पूर्व–युनाइटेड खेलाडी फर्डिनान्डको बक्सिङ यात्रा सुरु

म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी तथा इङ्ल्याण्डका डिफेन्डर रियो फर्डिनान्डले बक्सरको रुपमा आफ्नो करिअर सुरु गर्न थालेका छन् ।

३८ वर्षीय फर्डिनान्डलाई बेटफेयर कम्पनीले लगानी गरेको छ । ‘यो एउटा चुनौति हो त्यसैले म यो गर्दैछु’ उनले भने,‘मैले ट्रफि तथा टाइटल जितिसकेको छु, अब मेरौ लक्ष्य बेल्टमा रहेको छ ।’

उनले केही समयअघि देखि समाजिक सञ्जालमा बक्सिङ गरिरहेको भिडियो पनि हालिरहेका छन् ।

फर्डिनान्डले आफ्नो फुटबल करिअरमा ६ पटक प्रिमियर लिग तथा एक पटक च्याम्पियन्स लिग जितिसकेका छन् । उनी अघि पनि केही खेलाडी फुटबलबाट सन्यास लिएपछि बक्सर बनेका छन् । उनी अघि बिर्मिङघामका कर्टिस वुडहाउस तथा क्रिष्टल प्यालेसका लिओन मेक्केन्जि बक्सर बनिसकेका छन् ।

फर्डिनान्डका प्रशिक्षकमा टिम जिबी कोच तथा डब्लुबिसीका च्याम्पियन रिची वुडहल रहने छन् ।

ferdinand

विशेष