‘मानिसहरु मेरो अनुहार राम्रो छैन भनेर धेरै आलोचना गर्थे’
एजेन्सी । मैले आफ्नो जिन्दगीमा १५ वर्षको उमेरदेखि अस्वीकारलाई झेल्दै आइरहेकी छु । यतिमात्र होइन मेरो अनुहार र लुक्सको कारण मलाई धेरै आलोचना सुन्नु पर्यो । धेरै पटक यस्तो पनि भयो की, कुनै पनि प्राजेक्टको लागि मलाई साइन गराइएको थियो । तर, केही समयपछि मलाई हटाएर अरु कसैलाई लिइने गरिन्थ्यो । तर, मैले यस्ता कुराहरुमा कहिल्यै पनि ध्यान दिइन ।
हालै भारतको एक चर्चित वेबासइटलाई अन्तर्वार्ता दिने क्रममा अनुष्काले पहिलो पटक आफ्ना संघर्षबारे बताइन् । उनले भनिन्, ‘मैले कहिल्यै पनि आफ्नो व्यवसाय र संघर्षबारे कसैसँग पनि कुरा गरेको छैन किनभने कसैले आजसम्म सोधेका पनि छैनन् । १५ वर्षको उमेरमा मैले अस्वीकार हुँदाको दुःख सहनुपरेको थियो ।
मैले आफ्नो फिल्मी करियरको लागि धेरै समस्या झेल्नुपरेमो थियो । जसकारण मलाई मानिसक रुपमा पुरै नोकसान भएको थियो । साथसाथै मेरो यसले मेरो आत्मसम्मानमा पनि धक्का पुगेको थियो ।
फिल्म ‘रब ने बना दी जोडि’ को समयमा पनि आदित्य चोपडाले मेरो अनुहारबारे टिप्पणी गर्नुभयो । उहाँले फिल्ममा खोजेकोजस्तो अनुहार नपाएको तर मेरो ट्यालेन्टले गर्दा मलाई फिल्ममा लिइएको बताउनुभयो । तर, यसबारेमा मलाई केही नराम्रो लागेन किनभने उहाँले जे भन्नुभएको थियो मेरो अघि नै भन्नुभएको थियो । मलाई मेरोबारेमा जे पनि कुरा मलाई नै आएर भनेको राम्रो लाग्छ ।’