इतिहासमा आज

आज संविधान दिवस

आज संविधान दिवस


काठमाडौं । आज संविधान दिवस । विभिन्न कार्यक्रम गरी देशभर मनाइदैछ । २०७२ साल असोज ३ गते नेपालको संविधान जारी भएको अवसरमा सरकारले हरेक बर्ष सार्वजनिक बिदा दिएर संविधान दिवस मनाउँदै आएको छ ।

यस बर्षको संविधान दिवस यसअर्थमा पनि सार्थक छ की तत्कालिन समयमा विरोध गरेर भारतीय नाकाबन्दी निम्त्याउने मधेसवादी दल चुनावमा आएका छन भने उनीहरुको संशोधन विधेयक असफल भएको छ ।

उनीहरुले स्थानीय तहको चुनावमा भाग लिएको भोलिपल्ट परेको संविधान दिवसका कार्यक्रममा सहभागि हुने अपेच्छा छ । दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान दिवसले सबैलाई आफ्नो अधिकार र कर्तव्यप्रति समेत रहँदै राष्ट्रिय एकता र समृद्धिको मार्गमा हिँड्न प्रेरित गरोस् भन्ने कामना गरेका छन ।

विशेष