मनोरञ्जन

धुर्मुस सुन्तलीले सुरु गरे चौथो एकिकृत नयाँ वस्ती

धुर्मुस सुन्तलीले सुरु गरे चौथो एकिकृत नयाँ वस्ती


काठमाडौं । आफ्नो जन्मदिनको अवसर पारेर हास्यकलाकार सिताराम कट्टेल ‘धुर्मुस’ले रौतहटको सन्तपुरमा ‘एकिकृत बस्ती निर्माण’ सुरु गरेका छन् ।
आज बिहान सन्तपुरमा आयोजित कार्यक्रममा सिताराम र उनकी श्रीमती कुञ्जना घिमिरेले बस्ती निर्माणको शिलान्यास गरे ।

काभ्रेको पहरी बस्ती, सिन्धुपाल्चोकको गिरानचौर बस्ती र बर्दिबासको मुसहर बस्ती निर्माण गरिसकेका सिताराम कट्टेल र कुञ्जना घिमिरेले बुधवार चौथो नमुना बस्ती निर्माणको शिलान्यास गरेका हुन् ।

५ करोड ७५ लाखमा निर्माण हुने उक्त बस्ती माझी, मुसहर, हजाम र देशार समुदायका लागि बनाउन लागिएको सितारामले बताए । नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश नंम्बर २ को सहकार्यमा फाउन्डेसनले उक्त एकीकृत नमुना बस्ती निर्माण हुन लागेको हो । बस्तीमा ४० वटा दुई तले घर निर्माण गरिनेछ ।

विशेष