मनोरञ्जन

कंगनाको आरोपमाथि आदित्य पञ्चोलीको यस्तो आक्रोश

कंगनाको आरोपमाथि आदित्य पञ्चोलीको यस्तो आक्रोश

एजेन्सी । केही दिनयता बलिउड नायिका कंगना रनौटले सञ्चारमाध्यमलाई तरंगित बनाएकी छिन् । फिल्म ‘सिम्रन’ को प्रचारकोक्रममा एक अन्तर्वार्तामा पुगेकी कंगनाले आदित्य पञ्चोली, ऋतिक रोसन र करण जोहरलाई थुप्रै आरोप लगाइन् । जसकारण आदित्य पञ्चोलीे पनि यसबारे मुख खोल्न बाध्य भएका छन् ।

कंगनाले आदित्यले आफूलाई शारिरीक चोट पुर्याएको जसकारण आफू भागेर अन्तै लुकेर बस्नु परेको बताएकी थिइन् । यसबारे आदित्यले कंगनालाई पागल केटीको संज्ञा दिँदै सबै कुरा झुठो भएको बताएका छन् ।

उनले भने, ‘कंगनाले मलाई झुठो आरोप लगाएकी छिन् । यो सबै उनले पुष्टि गर्नुपर्छ । यदि उनले पुष्टि गरिन् भने म जेल जान तयार छु । तर, पुष्टि गर्न सकिनन् भने कंगना आफैँ जेल जानुपर्छ ।’ आक्रोश पोख्दै उनले भने, ‘कंगना एक पागल केटी हो । अन्तर्वार्ता हेरेर के तपाईंहरुलाई लाग्दैन ऊ पागल हो भनेर ?

म यत्तिका वर्षदेखि फिल्म उद्योगमा छु । आजसम्म कसैले पनि मेरोबारेमा यस्तो भनेको छैन । कंगनाको कराण मेरो परिवारलाई धेरै असर पुगेको छ ।’
कंगनाले लगाएका आरोपहरु सबै झुठो भएको भन्दै उनले आफू अब कानूनी प्रक्रियामा जाने बताएका छन् ।

Kangana Ranaut, Aaditya Pancholi

विशेष