मुख्य समाचार

नेपाली सेनाले फास्ट ट्रयाकको डीपीआर परिमार्जन गर्ने, यस्तो बन्ने छ फास्ट ट्रयाक

नेपाली सेनाले फास्ट ट्रयाकको डीपीआर परिमार्जन गर्ने, यस्तो बन्ने छ फास्ट ट्रयाक

काठमाडौं । नेपाली सेनाले तराई–काठमाडौं द्रुतमार्गको प्रस्तावित विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) परिमार्जन गर्ने भएको छ ।  भारतीय कम्पनी आईएल एण्ड एफसीेले तयार पारेको डीपीआरलाई पुनरावलोकन गरिरहेको सेनाले केही परिमार्जन सहित त्यसलाई स्वीकार गर्ने बताएको हो ।

आज संसदको विकास समितिका इन्जिनियरिङ विभागका प्राविधिक उपरथी तथा द्रुतमार्गको निर्देशक समितिका संयोजक योगेन्द्रबहादुर खाँडले सेनाले फास्ट ट्रयाकको पुुरानो प्रस्तावित डीपीआरमा हेरफेर गर्न लागिएको जानकारी दिए ।

उनकाअनुसार भूकम्को जोखिम बढीरहेकाले ७५ मिटर अग्ला पुलको उचाइ घटाएर बनाउन लागिएको बताए । उनले ९ महिनाभित्र डीपीआरको पुनरावलोकन सकिने पनि जानकारी दिए ।

उनले भने ‘हामी ४ वर्ष्भित्र दु्रतमार्ग बनाइसक्छौं । यसका लागि सेनासहित विदेशी प्राविधिक तथा नेपाली निर्माण व्यवसायी संलग्न हुनेछन’, यो एसियन हाइ–वेको प्राइम क्लासको बन्नेछ ।’

सेनाले दु्रतमार्गको काम अघि बढाउन विभिन्न दश स्थानमा निर्माण बेस क्याम्प खडा गरिसकेको छ । अहिले पनि मार्गका विभिन्न भागमा पहिरो हटाउने लगायतका काम भइरहेको छ ।

जेठ १४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिलान्यास गरेको फास्ट ट्रयाकको निर्माण सुरु भएको ४ वर्षमा सकाउने लक्ष्य छ ।
ट्रयाक तथा सडक विस्तार, टेवा पर्खाल, कटिङ क्षेत्र पर्खाल, सुरुङमार्ग, पुल, कल्भर्ट लगायत निर्माणलाई छुट्टा–छुट्टै रुपमा कार्यविभाजन गरेर काम सुरु गर्ने सेनाले बताएको छ ।

फास्ट ट्र्याकले ललितपुरमा ७.६ किलोमिटर छुन्छ भने काठमाडौंको ४, मकवानपुरको ५६.७ र बारामा ७.६ किलोमिटर क्षेत्र दू्रत मार्गमा पर्छ ।
कुल ७६.२ किलोमिटरको यो द्रुत मार्गले पहाडी क्षत्रेमामा २३ मिटर र तराईमा २५ मिटर चौंडाइ ओगट्नेछ ।

यसैगरी द्रुतमार्गभरिमा २ वटा अर्धस्वचालित प्रविधिको ट्रल प्लाजा अर्थात राजश्व दस्तुर केन्द्र राखिनेछ । सवारीसँग सडकमा गुडेबापतको कर उठाउन यस्तो प्रविधि जडान गरिनेछ ।

यो मार्ग बनेपछि काठमाडौंबाट तराई पुग्न जम्मा १ घण्टा लाग्नेछ । न्युनतम् ६५ देखि १२० किलोमिटर प्रतिघण्टाको गतिमा गाडी चलाउन सकिनेछ ।

विशेष