मनोरञ्जन

रेष्टुरेन्ट खोल्दै अनुष्का र विराट

रेष्टुरेन्ट खोल्दै अनुष्का र विराट

एजेन्सी । बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीले औपचारिक रुपमा प्रेम सम्बन्ध स्वीकार गरिसकेका छैनन् । तर, यी दुवैले बेलाबेलामा सामाजिक सञ्जालमा आफूहरु सम्बन्धमा रहेको ‘क्लु’ दिन पनि पछि पर्दैनन् ।

लामो समयसम्म प्रेम सम्बन्धमा रहँदै आएका यी दुईले विवाह गर्ने टुंगो भने लगाइसकेका छैनन् । तर, यी दुवैले एकसाथ व्यवसायमा भने पैसा लगानी गर्दै छन् । भारतीय संचारमाध्यका अनुसार अनुष्का र विराट दुवै मिलेर एक रेष्टुरेन्ट खोल्दै छन् ।

यतिबेला अनुष्का आफ्ना आउँदो फिल्म ‘परी’ को काममा व्यस्त छिन् भने विराट पनि क्रिकेटमै व्यस्त छन् ।

विशेष