यू–१६ एएफसी : भारत विजयी, नेपाल पनि आजै भिड्ने
एएफसी यू–१६ च्याम्पियनसिप छनोट चरण अन्तर्गत समूह ‘डी’ पहिलो खेलमा भारत विजयी भएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा भारत प्यालेस्टाइनविरुद्धको खेलमा ३–० ले विजयी भएको हो । पहिलो हाफ बराबरी खेलेको भारतले दोस्रो हाफमा तीन गोल गर्दै जित हासिल गर्यो । भारतको लागि गिब्सन सिंह मोइरङथेम, बिकी ओरम र कप्तान विक्रम प्रताम सिंहले गोल गरे ।
छनौट अन्गर्तत समूहको शीर्ष स्थानमा रहने टोली स्वतः अन्तिम चरणको लागि छनोट हुनेछ । सहभागी १० समूहका दोस्रो स्थानमा आउने शीर्ष ५ टोलीले पनि सन् २०१८ मा मलेसियामा हुने एएफसी यू–१६ च्याम्पियनसिपमा सहभागी जनाउने छन् ।
नेपालले आफ्नो पहिलो खेलमा भने आजै दिउँसो साढे ३ बजे डिफेन्डिङ च्याम्पियन एराकको सामना गर्दैछ ।
football