समाज

हनिप्रीत नेपालमा, प्रहरीद्वारा व्यापक खोजी

हनिप्रीत नेपालमा, प्रहरीद्वारा व्यापक खोजी

काठमाडौ । मोरङ प्रहरी भारतका विवदित बाबा गुरमित रामरहिम सिंहको सहयोगी हनिप्रीतको खोजीमा जुटेको छ ।

केही भारतीय सञ्चारमाध्यमले हनिप्रीत राम रहिमका अनुयायी प्रीतम सिंहको विराटनगरस्ति घरमा लुकिरहेको खबर प्रसारण गरेपछि प्रहरीले सोमबार रातभर सम्भावित र शंकास्पद ठाउँमा खोजी गरेको हो ।

हनिप्रीत बलात्कार अभियोगमा भारतको हरियाणा राज्यको रोहतकस्थित जेलमा सजाय भोगिरहेका विवादित बाबा रामरहिमकी धर्मपुत्री हुन् ।

हरियाणा प्रहरीले उनलाई अदालती फैसलालगत्तै भएको हिंसाको मुख्य आरोपी र बाबाको यौन अपराधमा सहायेगी मान्दै ‘मोस्ट वान्टेड’ सूचिमा राखेको छ । कान्तिपुर दैनिक

विशेष