समाज

संविधान दिवसको अवसरमा भोटेवडार समाजको शुभकामना आदान प्रदान

संविधान दिवसको अवसरमा भोटेवडार समाजको शुभकामना आदान प्रदान

काठमाडौं । संविधान दिवसको अवसरमा भोटेवडार सेवा समाजले काठमाडौं स्कूल अफ ईन्जिनियरिंग एन्ड टेक्नोलोजी, बालाजुमा विजया दशमी, शुभ दिपावली, नेपाल संम्वत ११३८ तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ ।

लमजुङको भोटेओडारबाट काठमाडौ आएर विभिन्न पेशामा संलग्न रहेका भोटेवडारवासीहरुको कार्यक्रममा सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष श्रीकान्त सापकोटकाले गरेका थिए भने विशेष अतिथि स्कूल अफ ईन्जिनियरिंग एन्ड टेक्नोलोजी, बालाजुका प्रिन्सिपल तथा दुराडाँडा सेवा समाजका अध्यक्ष निर्मल प्रसाद न्यौपाने रहेका थिए ।

कार्यक्रममा ठाडोभाका शिरोमणी भेडिखर्के साँइला (दिर्घराज अधिकारी) श्रध्दासुमन अर्पण गरेर १ मिनेट मौन धारण गरिएको थियो । उक्त अवसरमा भोटेओडार सेवा समाजका संस्थापक सल्लाहकारहरू हरिकान्त खनाल, चन्द्रकान्त खनाल, लमजुङकी समाजसेवी सिता अधिकारी, भोटेओडार सार्वजनिक पुस्तकालयका संचालक कृष्णकान्त खनाल, सुनपा वडा नं ३ का निर्वाचित सदस्य कृष्णकान्त अधिकारी, निल प्रसाद रेग्मी, प्रेमकान्त अधिकारी, सनत कुमार श्रेष्ठ, सुरज खनाल, अनिल खनाल, कृषि मन्त्रालयकी सहसचिव एवं समाजकी सल्लाहकार शान्ता कार्की, दुग्ध विकास संस्थान आधिकारिक ट्रेड युनियनका अध्यक्ष तेजनाथ ढकाल, आधिकारिक ट्रेड युनियन राष्ट्रिय योजना आयोगको सचिवालयका सचिव ध्रुव खनालले भोटेओडारको बिकासको बारेमा चर्चा गरेर शुभकामना दिएका थिए ।

विशेष