मनोरञ्जन

भोजपुरी नायक मनोज बलात्कारी, प्रहरीमा उजुरी दर्ता भएपछि फरार

भोजपुरी नायक  मनोज बलात्कारी, प्रहरीमा उजुरी दर्ता भएपछि फरार


नयाँ दिल्ली । भोजपुरी नायक मनोज पाण्डेयमाथि बलात्कारको आरोप लागेको छ ।

काम मिलाइदिने वहानामा आफूलाई बलात्कार गरेको आरोप एक गायिकाले लगाएकी छिन् । मनोजमाथि मुम्बईको चारकोप पुलिस विभागमा जबरदस्ती करणीको मुद्धा दायर भइसकेको छ ।

पुलिस विभागकी असई वर्षा जाधवले आइपिसको विभिन्न धाराअन्तर्गत नायक मनोजविरुद्ध मुद्धा दायर गरेको पुष्टी गरेकी छिन् । मुद्धा दायर भएपछि मनोज सम्पर्कमा नआएको र उनको खोजी भइरहेको प्रहरीले बताएको छ ।

पीडित महिलाले २०१५ मा मनोजले जबरदस्ती आफ्नो गर्भपतन गराएको बताएकी छिन् । मनोजले विवाहको आश्वासन दिएर २०१२ देखि आफूसँग शारीरिक सम्बन्ध स्थापित गरेको उनको आरोप छ ।

२०१२ देखि उनले मनोजलाई विवाह गर्न दबाब दिएकी थिइन् । पाँच वर्ष सँगै बसेर मनोजले अर्कै महिलासँग विवाह गरेपछि उनी पुलिससमक्ष न्याय माग्न पुगेकी हुन् ।

मनोज र पीडित महिला दुबै उत्तर प्रदेश निवासी हुन् । पीडित महिला भोजपुरी गायिका हुन् । उनले थुप्रै एलबम सार्वजनिक गरिसकेकी छिन् ।

विशेष