मुख्य समाचार

नेपाल र चीनबीच १३ वटा नाका खोल्ने सम्झौतापत्रमा हस्ताक्षर हुँदै, कहाँ–कहाँ खुल्दैछन् नयाँ नाका

नेपाल र चीनबीच १३ वटा नाका खोल्ने सम्झौतापत्रमा हस्ताक्षर हुँदै, कहाँ–कहाँ खुल्दैछन् नयाँ नाका

काठमाडौं । नेपाल–चीन सडक यातायात सम्झौता संशोधन गरी सीमा जोडिएका १३ नाका खुलाउनेबारे आज नेपाल र चीनबीच सम्झौता हुँदैछ ।

नेपाल–चीन सडक यातायात सम्झौता कार्यान्वयन गर्ने दस्तावेज (प्रोटोकल) संशोधन गरी थप नाका खोल्ने तयारी भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले जानकारी दिए । विसं २०५१ मा भएको दुई देश बीचको सडक यातायात सम्झौताका विषयमा वार्ता गर्न चीनको १३ सदस्यीय सरकारी प्रतिनिधिमण्डल काठमाडौ आइसकेको छ ।

यससम्बन्धी वार्ता गत वर्ष चीनको ल्हासामा भएको थियो । आज मन्त्रालयका अधिकारी र चिनियाँ अधिकारीबीच वार्ता गरी निष्कर्ष निकालिनेछ ।

रसुवागढी–हिल्सा, रसुवागढी–कोरला, खासा–कोरला, रसुवागढी–डोल्पा, खासा–डोल्पा, रसुवागढी–दार्चुला, रसुवागढी–ताक्लाकोट, खासा–ताक्लाकोट, रसुवागढी–ओलाङ्गचुङ्गोला र रसुवागढी–किमाथांका नाका खोल्न प्रस्ताव गरिएको छ ।

चीनको राजमार्ग कार्गो ढुवानीका लागि नेपालले प्रयोग पाउने गरी १३ नाका खोल्न प्रस्ताव गरिएको छ ।

विशेष