खेल

यु–१६ एएफसी च्याम्पियनसिप छनोट फुटबल आजबाट सुरु, नेपाल र इराक भिड्दै

यु–१६ एएफसी च्याम्पियनसिप छनोट फुटबल आजबाट सुरु, नेपाल र इराक भिड्दै

काठमाडौं । राजधानीमा आजदेखि १६ वर्ष मुनिको एएफसी च्याम्पियनसिप छनोट फुटबल प्रतियोगिता सुरु हुँदैछ ।

आयोजक नेपालसहित भारत, इराक र प्यालेस्टाइन सम्मिलित प्रतियोगिताको समूहको शीर्ष स्थानमा रहने टोली सन् २०१८ को १६ वर्ष मुनिको एएफसी च्याम्पियनसिपका लागि छनोट हुनेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा आज भारत र प्यालेस्टाइन भिड्नेछन् । यस्तै, अर्को खेलमा नेपालले कठिन प्रतिद्धन्द्धी इराकसँग खेल्नेछ । नेपाल र इराकबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो साढे ३ बजे सुरु हुनेछ ।

नेपालले आफ्नो दोस्रो खेलमा शुक्रबार भारतको सामना गर्नेछ भने तेस्रो तथा समूहको अन्तिम खेलमा आइतबार प्यालेस्टाइनसँग खेल्नेछ ।

विशेष