मनोरञ्जन

‘को—स्टार’ को चर्चा सहन नसकेर रक्सी पिउँछन् कपिल

‘को—स्टार’ को चर्चा सहन नसकेर रक्सी पिउँछन् कपिल

एजेन्सी । लामो समयदेखि कमेडियन कपिल शर्माको शो अफ एयर हुनेबारे विभिन्न खबरहरु मिडियामा छाइरहेका छन् । यसको कारण शोको घट्दो टिआरपी र कपिलको बिग्रिएको स्वास्थलाई औँल्याइएको छ ।

कपिल केही समययता केही न केही कन्ट्रोभर्सीमा फस्दै आएका छन् । कपिलको पहिलो शो ‘कमेडि नाइट्स विथ कपिल’ को समयमा कपिलसँग नजिक रहेका स्रोतले बताएअनुसार, कपिलसँग स्टार्डमको प्रेसर त थियो नै, यसका साथै सफलताले उनको टाउको माथि नै टेकेको थियो । यतिमात्र होइन कपिलले आफ्नो दृष्टिकोणमा परिवर्तन नल्याए उनको करियर र व्यक्तिगत जीवन नै धरापमा पर्ने ती स्रोतले बताएका थिए ।

कपिल शर्मालाई आफ्ना को स्टार्सले कमाएको चर्चाप्रति पनि डर लाग्ने बताइएको छ । त्यसै कारण उनले सुनिल ग्रोभर र अली असगरको स्क्रीन टाइमको समयमा कैंची चलाउने गर्थे जसकारण उनीहरु शोमा कमै समयसम्म मात्र देखिन पाउथे । यतिसम्म की कपिल धेरै पटक आफ्नै शोमा जानी जानी को स्टार्सको खिल्ली उडाउने गर्थे ।

कपिल शर्माले धेरै मदिरा सेवन गर्ने गरेको स्रोतले बताउँछ । उनी राती अबेरसम्म पार्टी गर्न पनि औधी रुचाउँछन् । सफल हुनु अघिदेखि नै कपिललाई मदिरा पिउने लत लागेको थियो । धेरै मदिरा सेवन गरेकै कारण उनी कहिलेकाहीँ आफैँलाई सम्हाल्न सक्दैन थिए । जसको असर अष्ट्रेलिया टुरबाट फर्किने क्रममा पनि देखिएको थियो ।

विशेष