खेल

नेइमार अनुबन्धित क्लब पिएसजी माथि युइएफएको अनुसन्धान सुरु

नेइमार अनुबन्धित क्लब पिएसजी माथि युइएफएको अनुसन्धान सुरु

नेइमारको अनुबन्ध सम्बन्ध फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) माथि औपचारिक रुपमा अनुसन्धान सुरु भएको छ ।

युरोपेली फुटबलको प्रशासकीय निकाय युुइएफएले खेलाडी अनुबन्धका सम्बन्धमा क्लबहरुमाथि गरिरहेको फाइनान्सियल फेयर प्ले (एफएफपी) अन्तर्गत पिएसजीमाथि अनुसन्धान सुरु गरेको हो । युइएफएले सन् २०१३ मा एफएफपी नियम लागु गरेको थियो ।

उक्त नियम अनुसार युरोपियन क्लबले खेलाडी किन्न तथा अरु कामका लागि गरिने खर्च आफ्नो आम्दानीसँग ब्यालेन्स मिलाएर गर्नुपर्छ । पिएसजीले यो सिजन नेइमारलाई विश्व कीर्तिमानी मूल्य २० करोड पाउण्डमा बार्सिलोनाबाट क्लब भित्र्याएको छ ।

यो यसअघिको विश्व कीर्तिमान भन्दा दोब्बर भन्दा पनि बढी हो । यस्तै केलियन एमबाप्पेलाई पनि महंगो मूल्यमा भित्र्याएको छ ।

पिएसजीले गएको सिजनमा ३८ करोड ९६ लाख पाउण्ड आए गरेको पछिल्लो तथ्यांक छ । पिएसजीले यो सिजन खेलाडी अनुबन्ध गर्दा एफएफपी नियम उल्लंघन गरेको हुन सक्ने देखिएकाले युइएफएले अनुसन्धान सुरु गरेको हो ।

psg football

विशेष