फुड

सुपथ मूल्य पसलको पिठोमा कीरा !

सुपथ मूल्य पसलको पिठोमा कीरा !

काठमाडौ ।  सरकारले सञ्चालन गरेको पसलको पिठोमा कीरा भेटिएको छ । उपभोक्ताले सरकारले सञ्चालन गरेका सुपथ मूल्य पसलकै पिठोमा कीरा भेटिएको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा उजुरी हालेका हुन् ।

बजार अनुगमनकै लागि गठन गरिएको निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता पूर्णचन्द्र भने, ‘चिल्सा परेको भन्दै उजुरी परेको छ, चिल्सा भनेको सानासाना कीरा हुन् ।’

प्रवक्ता वस्थीले साल्ट टेड्रिङको पसलबाट खरिद गरिएको पिठोमा चिल्सा भेटिएको भनेर उजुरी परेको तर त्यो पसल सरकारले सञ्चालनमा ल्याएको ‘सुपथ मूल्य पसल’ अन्तर्गतको हो वा होइन आफूलाई थाहा नभएको बताए ।

राजधानी

विशेष