Technology

दशै तिहारमा टेलिकमको सेवामा विशेष छुट

दशै तिहारमा टेलिकमको सेवामा विशेष छुट


काठमाडौ। नेपाल टेलिकमले दशैंको उपलक्षमा विगत वर्षजस्तै यस वर्ष पनि कम्पनीका विभिन्न सेवामा छुट् उपलब्ध गराएको छ ।

टेलिकमले जिएसएमबाट १० गतेसम्म ५०, सय, दुई सय, पाँच सय र हजारको रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा १० प्रतिशत बोनस उपलब्ध गराएको छ । त्यसैगरी १० रुपैयाँ र सो भन्दा बढी एम्पोसमार्फत रिचार्ज गर्दा पनि १० प्रतिशत बोनस उपलब्ध हुने टेलिकमले जनाएको छ ।

त्यस्तै युट्युब डाटा प्याकेजअन्तर्गत एक रुपैयाँमा एक जीबी डाटा भोल्युम प्राप्त हुनेछ । यो प्याकेज १२ दिनसम्म प्रयोग गर्न सकिनेछ । त्यसैगरी ६० रुपैयाँ पाँच सय एमबी डाटा भोल्युम १४ दिनका लागि उपलब्ध हुनेछ ।

अन्नपूर्ण पोस्ट्

विशेष