देश

दाङमा ३ हजार हेक्टर खेत बाँझै

दाङमा ३ हजार हेक्टर खेत बाँझै

काठमाडौं । दाङमा यस वर्ष ३ हजार हेक्टर खेत बाँझै छ । पर्याप्त सिंचाइ नहुँदा तीन हजार हेक्टर खेत बाँझै रहेको जिल्ला कृषि विकास कार्यालय दाङले जानकारी दिएको छ ।

जिल्लामा धान खेतीयोग्य जमिन ३६ हजार पाँच सय हेक्टर रहेको कार्यालयको भनाइ छ । यस वर्ष ३३ हजार पाँच सय हेक्टर क्षेत्रफलमा मात्र धान खेती भएको छ ।

बर्सेनि खाद्य बाली उत्पादनशील क्षेत्र घट्दै जाँदा दाङ खाद्य सुरक्षा जोखिममा परेको जिल्ला कृषि विकास कार्यालय दाङका प्रमुख दीपककुमार शर्माले बताए ।

अन्नपूर्ण पोस्ट

विशेष