मनोरञ्जन

नायिका प्रियंकालाई फिल्मको खडेरी लागेपछि लागिन म्युजिक भिडियोतिर (भिडियोसहित)

नायिका प्रियंकालाई फिल्मको खडेरी लागेपछि लागिन म्युजिक भिडियोतिर (भिडियोसहित)

काठमाडौं । नेपाली चलचित्रकी सफल नायिका प्रियंका कार्कीले पहिलोपटक नेपाली लोकदोहोरी गीतमा अभिनय गरेकी छन् ।

नबिन भट्टराई र प्रिया भण्डारीको आवाजमा रहेको ‘नसोध कसैले’ बोलको गीतमा नायक तथा मोडल जिबन भट्टराईसँगै प्रियंका कार्कीले कम्मर मर्काएकी छन् ।

एक दशक भन्दा लामो समयदेखि लोकदोहोरीमा सक्रिय गीतकार तथा संगीतकार शिब सुबेदीको शब्दरसंगीत रहेको उक्त गीतको भिडियो निर्देशन निकेश खड्काले गरेका छन् । राजिब समीरको कोरियोग्राफीमा अर्जुन तिवारीले क्यामरा चलाएका छन् ।

फिनल्याण्डमा बस्दै आएका गायक नबिन भट्टराईको यो दोश्रो गीत हो भने प्रिया भण्डारीले गएको स्थानीय चुनावमा एमालेको गीत गाएर धेरैको मन जितेकी थिइन् । सार्वजनिक नसोध कसैले’ बोलको गीतले बाबु-बाजेको पुस्तालाई याद दिलाउँछ ।

आफ्ना बाबु-बाजेले नुन लिन बटौली अहिलेको बुटवल जाने गरेको तर आफु भने मायालाई लिन जाने सोच बनाएको भाव गीतले बोकेको छ ।

विशेष