मनोरञ्जन

आइडलबाट आउट फुँयाल सांगीतिक बजारमा इन्ट्री

आइडलबाट आउट फुँयाल सांगीतिक बजारमा इन्ट्री

काठमाडौं । नेपाली तारा सिजन ३ तथा नेपाल आईडल प्रतियोगिता प्रतिस्प्रधीको रुपमा रहेका नवगायक गगन फुँयालले आफ्नै गीतका साथमा सांगीतिक बजारमा आएका छन् ।

निमुखा युवराजको शब्द तथा कल्याण सिंहको संगीतमा गगनले ‘बतास सँगै’ बोलको गीत गाएका हुन् । गोपाल रसाईलीको संगीत संयोजनमा रहेको सार्वजनिक गीत उनले आफ्नो पहिलो एल्वम ‘द चेन्ज’मा समावेश गर्ने जनाएका छन् ।

गगनको पहिलो एल्वममा समावेश हुने उक्त गीतको म्यूजिक भिडियो समेत सार्वजनिक भएको छ । सागर राजको निर्देशन रहेको म्यूजिक भिडियोको अनिल के मानन्धरको छायाँकन तथा सुप्रिम पराजुलीले सम्पादन रहेको छ । गगन फुँयाल नेपाली ताराको टप २० र नेपाल आईडलको थिएटर राउन्डबाट बाहिरिएका थिए ।

विशेष