अटोरिक्सा सञ्चालनमा रोक

नेपालगन्ज । सार्वजनिक यातायात साधनका रुपमा प्रयोग हुँदै आएको रातो नम्बर प्लेटका तीनपांग्रे अटोरिक्सालाई यहाँ सञ्चालनमा रोक लगाइएको छ ।
निजी प्रयोगका लागि दर्ता गरेर नियमविपरीत भाडामा चलाउँदै आएका एकहजार ५०० अटोरिक्सालाई आज यहाँ प्रहरीले नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङले रिक्सा धनीलाई एक हप्ताभित्र आवश्यक प्रक्रिया पूरा गरेर मात्र सञ्चालन गर्ने शर्तमा रिक्सा बुझाइएको बताए ।
Auto Rickshaw nepalgunj