समाज

करेन्ट लाग्दा एकको मृत्यु

करेन्ट लाग्दा एकको मृत्यु

सुरुङ्गा (झापा) । इन्भर्टर जडान गर्ने क्रममा करेन्ट लाग्दा झापाको बिर्तामोडमा आज एक व्यक्तिको मृत्यु भएको छ । 

मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–६ पुरानो भद्रपुर रोडका ४२ वर्षीय श्याम चौधरी छन् । 

आज दिउँसो कमल राईको घरमा इन्भर्टर जोड्ने क्रममा करेन्ट लागेको र उपचारका लागि बिर्तामोडस्थित विएण्डसी हस्पिटलमा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए । 

current

विशेष