मनोरञ्जन

रेखा र राजेश डिप लभमा, फेसबुक लाईभ मै यस्तो हर्कत

रेखा र राजेश डिप लभमा, फेसबुक लाईभ मै यस्तो हर्कत

काठमाडौं । नवरात्र शुरु भएको पहिलो दिननै राजेश पायल राई र रेखा थापाले आफुहरु एक अर्कासंग प्रेममा रहेको स्वीकारेका छन् । राजेश पायल राईको आधीकारिक फेसबुक पेजमा लाइभ भिडियोमा आएका उनिहरुले बाहिर आफुहरु बारे हल्ला फैलिएको कुरालाई स्पस्ट पार्न लाइभ भिडियो गरेको बताएका छन् । उक्त भिडियोमा डार्लिङ भनेर पनि सम्वोधन गरेका छन् ।

उनले अरुको लागी रेखा थापा नम्वर एक नायीका हुन, सबैको लागी काली हुन तर मेरो लागी उनी महारानी हुन भनेका छन । गितकार रमेश पौडेलले लेखेको गीतका हरफहरुमा पहिले प्रिया भन्ने शब्द थियो तर राजेशले उक्त गीतलाई रेखाको नाममा सर्मपण गर्नको लागी प्रियाको स्थानमा काली भनेर गाइएको समेत बताएका छन् ।

उनिहरुले एक अर्कालाई एकदमै माया गर्ने गरेको बताएपनि बिवाह बारे केही पनि बोलेनन् तर फिल्मी शैलीमा राजेशले रेखालाई आफ्नो काख नजिकै राखेका थिए ।

नेपाली संगीत क्षेत्रमा स्थापित भैसकेका सफल गायक राजेश पायल राई रेखाको शिकार बन्न चाहेका छन् वा प्रेमी यो भने हेर्न बाकीँ नै छ । किनकी केही समय अगाडिमात्र नेपाल आजको कुराकानीमा ‘राई इज किङ्ग ’ले आफु अहिले सम्म पुर्ण रुपमा एक्लो भएको र कोही पनि प्रेमिका नभएको खुलाशा गरेका थिए । रेखा थापा र आर्यन सिग्देल अभिनित चलचित्र रुद्रप्रिया आगामी कार्तिकबाटे देशभरीका हलहरुमा पदर्शन हुने छ ।

विशेष