काष्ठशिल्पमा यौनक्रिडा नै यौनक्रिडा, यसरी रह्यो पशुपतिनाथ मन्दिरको नाम
तपाईंले काठमाडौंस्थित पशुपतिनाथको मन्दिरलाई नियालेर हेर्नु भएको छ ? हेर्नु भएको छैन भने एकपटक अवश्य हेर्नुहोस् । त्यहाँका काष्ठशिल्पहरुले कसरी यौन भाव दर्शाएका छन् भनेर हेर्न पनि एकपटक नियाल्नै पर्छ । यो मन्दिर नेपालको प्राचीन प्यागोडा शैलीलाई प्रयोग गरी बनाइएको छ । प्यागोडा शैलीले बनेका अन्य मन्दिरहरुमा पनि यस्ता चित्र कुँदिएका हुन्छन् ।
तर यहाँ हामी केवल पशुपतिनाथ मन्दिर रहनुको रहस्यमात्र खोल्न गइरहेका छौँ । नर र नारी विवाह हुने बितिकै पहिलो पटक यौनसम्पर्क गर्दा पशु सरह सम्भोग गर्दछन् । जसमा कुनै अनुशासन नै हुँदैन । पहिलो सहवासलाई प्राचीनकालदेखि नै सुहागरात भन्ने गरिएको छ । जब सुहागरात सम्पन्न हुन्छ तबमात्र कुनै पनि स्त्रीले आफ्नो पुरुषलाई पतिसमान मान्न थाल्छे अर्थात त्यसपछि पत्नी कुनै पनि नाईनास्ती वा करकापबिना नै पतिको कामवासना पूरा गर्दछे । अनि उक्त पति त्यस स्त्रीका निम्ति भगवान वा साहारा बन्दछ र उसैलाई नाथ भनिएको हो ।
एक जना पुरुष एउटी स्त्रीका लागि पहिला पशु जतिकै हुन्छ । त्यसपछि पति बन्दछ, जव पति बन्दछ अनि नाथको रुपमा पूजा गर्न लायक हुन्छ भन्ने देखाउन नै कलाकारहरुले यो मन्दिरको नाम पशुपतिनाथ भनेर राखेका हुन् भन्ने किम्वदन्ती रहेको पाइन्छ । मन्दिरको अग्रभाग, दायाँ, बायाँ सवैतिर नर र नारीले रतिक्रिडामा कामसुख भोगिरहेको देख्न सकिन्छ ।