मनोरञ्जन

लाउरेलाई भेटेपछि साकारले देखाएको फरक हर्कत (भिडियाे सहित)

लाउरेलाई भेटेपछि साकारले देखाएको फरक हर्कत (भिडियाे सहित)

काठमाडौं । केही समयअघिदेखि फेसबुक लाइभमार्फत नेपालका राजनीतिज्ञदेखि र्यापर आशिष राना(लाउरे)लाई अपशब्द प्रयोग गर्दै गाली गलौज गर्दै आएका र्यापर साकार अधिकारी(लिल बुद्ध) लाई अन्तत लाउरेले भेटेका छन् । अष्ट्रेलियाको सिड्नीमा आफ्नो सांगीतिक कार्यक्रम लिएर गएका लाउरेले साकारलाई त्यहाँ भेटेका हुन् ।

केही समयअघिदेखि साकारले लाउरेलाई स्वर्गीय र्यापर यम बुद्ध(अनिल अधिकारी) को मृत्युको दोषी भएको आरोप फेसबुक लाइभमार्फत लगाउँदै आएका थिए । समाजिक सञ्जालमा साकारले लाउरेलाई विभिन्न गाली गलौज र अपशब्द प्रयोग गरेपनि लाउरेले भने केही प्रतिक्रिया दिएका थिएनन् । फेसबुकमा सिड्नीमा खिचिएको एक फोटो राख्दै उनले लेखेका छन्, ‘सिड्नी आएको २४ घण्टा भइसक्यो । अहिलेसम्म कोही माइकलालले आएर कट्टा हान्न सकेको छैन । म वचनको पक्का भएको मान्छे हुँ । अबको २४ घण्टा भित्र कट्टा हान्छु भन्ने मान्छे झुकेर मलाई सरी भन्ने छ । ह्याप्पी दशैँ ।’

नभन्दै लाउरेले साकारले क्षमा मागेको भिडियो पनि सेयर गरे । उक्त भिडियोमा साकारले नेपाल आइडलकी पूर्व प्रतिस्पर्दी केन्जल मेहर श्रेष्ठ, लाउरे, आमा बुबा, दिदी सबैसँग माफी मागेका छन् । भिडियोमा लाउरे पनि उनलाई पछाडिबाट ‘अब देखि नगर बुझिस्’ भन्दै गरेको सुनिन्छन् ।

साकारले फेसबुक लाइभमार्फत लाउरेलाई मार्नेलाई हिरा दिने र १५ लाख दिने भन्दै भनिरहेका थिए । लाउरेको अगाडि परेपछि भने उनले सबैसँग माफी मागेका छन् ।

https://www.facebook.com/Laure.official/videos/1123025464497823/

laure vs sacar

विशेष