समाज

ब्रामण र दलितले राखे संयुक्त रुपमा जमरा, रुढीवादी परम्परा तोड्ने अठोट

ब्रामण र दलितले राखे संयुक्त रुपमा जमरा, रुढीवादी परम्परा तोड्ने अठोट

काठमाडौ । नुवाकोटको ऐतिहासिक बेलकोटगढीमा ब्राह्मण र दलित समुदायको जमरा एकै स्थानमा राखिएको छ ।

सदियौंदेखि दलित र ब्राह्मण समुदायको पानी नचल्ने रुढीबादी परम्परा तोड्दै यस वर्ष नुवाकोटको पूर्वी भेगमा रहेको बेलकोटगढी नगरपालिका १० स्थित निरञ्जन भगवतीको मन्दिरमा घरस्थापनाका दिन बिहीबार सामूहिक जमरा राख्ने परम्परालाई स्थानीय बाहुन, क्षेत्री र दलित परिवारले निरन्तरता दिएका हुन् ।

नेपाल एकीकरण गरेको पृथ्वीनारायण शाहको पालादेखि बेलकोटगढीमा रहेको निरञ्जना भगवतीको मन्दिरमा सामूहिक जमरा राख्ने परम्परालाई यसपटक बेलकोट र आसपासका दुई सय १३ घरधुरीका बाहुन, क्षेत्री र दलित समुदायका परिवारले एकै स्थानमा जमरा राखेर निरन्तरता दिएको वडाध्यक्ष पूर्णबहादुर त्रिपाठीले जानकारी दिए ।

अन्नपूर्ण

विशेष