मुख्य समाचार

धरहरा निर्माणमा अन्योल : टेलिकमले हात झिक्यो

धरहरा निर्माणमा अन्योल : टेलिकमले हात झिक्यो


काठमाडौं । २०७२ बैशाख १२ को भूकम्पबाट क्षतिग्रस्त धरहराको पुनर्निर्माण नगर्ने भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई पत्र लेखी टेलिकमले विभिन्न कारण देखाइ धरहरा पुनर्निर्माण गर्न नसक्ने जनाएको हो । टेलिकमले निर्णयबाट पछि हट्नुमा कम्पनीको लाभ लागत, पुरातत्व विभागले तयार गरेको आधारभूत डिजाइनमा खुल्ला क्षेत्र अधिक राख्नुपर्ने, कम्पनीले व्यावसायिक संचालनका लागि प्रस्ताव गरेको विकल्प–डिजाइन सरकारद्वारा स्वीकृत नभएको एवं स्थानीय बासिन्दाको परम्परागत रितिरिवाजलाई कारण देखाएको छ ।

टेलिकमले आफ्ना सर्त पुरा नहुने देखेपछि धरहरा पुनर्निर्माणबाट हात झिकेको हो । यद्यपी, टेलिकमले काठमाडौं, ललितपुर, भक्तपुर दरबार स्क्वाएरमा क्षतिग्रस्त सम्पदा, धरहरा, स्वयम्भुनाथ परिसरमा क्षति भएका सम्पदा, मनकामना मन्दिर, भूकम्प प्रभावित जिल्लामा विद्यालय पुननिर्माण कार्यका लागि आगामी तीन बर्ष्भित्र १ अर्ब रुपैयाँ योगदान दिने प्रतिबद्धतामा भने कायमै रहेको बताएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता यमलाल भूसालले जानकारी दिए ।

टेलिकमको लिखित जानकारी पाइसकेकाले सरोकारवाला निकायसँग छलफल एवं समन्वय गरि धरहरा पुनर्निर्माणवारे थप निर्णय गरिने प्रवक्ता भूसालले बताए ।

विशेष