मनोरञ्जन

विवादमा दिपिका पादुकोणको ‘पद्मावती’ अवतार

विवादमा दिपिका पादुकोणको ‘पद्मावती’ अवतार

एजेन्सी । केही दिनअघिमात्र बलिउड अभिनेत्री लिपिका पादुकोणक अभिनित फिल्म ‘पद्मावती’ को पहिलो पोष्टर सार्वजनिक भयो । पोष्टरमा रानीको अवतारमा देखिएकी दिपिकाको ‘आइब्रो’ लाई जोडिएको थियो । त्यसै कारण अहिले उनको लुक्सबारे सामाजिक सञ्जालमा टिप्पणी भइरहेको छ ।

पोष्टरमा दिपिकाको आइब्रोलाई जोडेर देखाइएको छ । केही व्यक्तिहरुले समाजिक सञ्जालमा दिपिका यस्तो लुक्समा कत्ति पनि राम्री नदेखिएको टिप्पणी गरेका छन् । कतिले भने दिपिका, रानी ‘पद्मावती’ जस्तो क्लासी र एलिगेन्ट नदेखिएको टिप्प्णी गरेका छन् । यतिमात्र होइन, कतिपयले त यो पनि लेखेका छन् की यो भूमिका दिपिकालाई नभएर ऐश्वर्या रायलाई नै दिएको भए राम्रो हुने थियाे भन्नेबारे असन्तुष्ट व्यक्त गरेका छन् ।

रानी ‘पद्मावती’ को पनि पेन्टिङमा उनको आइब्रो जोडेर नै बनाइएको थियो । पहिलाको जमानामा थ्रेडिङ, प्लकिङ र व्याक्सिङ गर्ने चलन थिएन । त्यसकारण पनि दर्शकले दिपिकाको उक्त लुक्सलाई स्वीकार गर्न नसकेको हुन सक्ने स्रोतले बताएको छ । तर, केही फ्यानले भने दिपिकाको लुक्सको तारिफ पनि गरेका छन् ।

 

deepika padukone

विशेष