कञ्चन रेग्मीपछि अब निक्की कार्की ?
काठमाडौं । युट्युबमा कभर सङ गाएर चलेकी तर बाहिरी दूनियाँमा कुनै परिचय बनाइ नसकेकी एक किशोरीले स्टेज कार्यक्रमका एक आयोजकविरुद्ध सेक्सुअल ह्यारेसमेन्टको आरोप लगाएर चर्चामा आएकी छन् ।
अमेरिकामा भएको एक स्टेज कार्यक्रममा आयोजक पक्षका सुशील नेपालले सेक्सुअल ह्यारेसमेन्ट गरेको किशोरी गायिका निक्की कार्कीको आरोप छ । निक्कीले लगाएको आरोपमा मुख्य तीन कुराहरु छन् । बिहान उज्यालोमा सुशीलले एउटै कोठाको एउटै बेडमा आराम गरेको । मदिरा पिउन प्रस्ताव गरेको र चेक लिन रुममा बोलाएको ।
यस्तो आरोप निक्कीले युट्युवमा भिडियो रेकर्ड गरेर नै राखेकी छन् । युट्युबमा भिडियो राख्नु अघि नै निक्कीले लगाएको आरोपमा अमेरिकाको प्रहरीले जाँच गरेर विषय कुनै मतलवको नरहेको ठहर गरेर छाडेको रहेछ ।
तर निक्कीले सुशील नेपाल नामका व्यक्तिविरुद्ध गम्भीर आरोप युट्युबाटै लगाएकी छन् । जसअनुशार सुशीलले बेड सेयर गरेर आराम मात्रै गरेको र त्यसमा निक्कीको सहमति भएको स्पष्ट पारेका छन् । निक्कीको उमेर मदिरा खाने नभएकोले उनलाई त्यसमा आग्रह नगरेको बताएका छन् । तेस्रो आरोपका विषयमा रुममा भएको चेक लिएर जान भनेको सुशीलले स्वीकार गरेका छन् । चेक लिन रुम बोलाउँदा सेक्सुअल ह्यारेसमेन्ट नहुने सुशीलको दाबी छ ।
निक्कीले आफ्नो सबै घटनाक्रमबारे बेलिबिस्तार लगाउदा उनले कतै पनि ‘मलाई सहज भएको छैन’ भनेर सुशीललाई भनेकी छैनन् । सुशीलको भनाइ छ, ‘त्यस्तो फिल भएको भए मलाई सहज भएन भनेर किन एक वचन नभनेको त ?’
सधै पुरुष गलत हुँदैन भन्ने मान्यतामा विश्वास गर्ने हो भने निक्कीको आरोप गम्भीर छ । तर त्यसलाई बल पुग्ने आधारहरु उत्तिकै कमजोर लाग्छ । सेक्स सम्बन्धि आरोपले चाँडै बजार लिन्छ । यसकारण अहिले निक्कीलाई बहादुर, क्रान्तिकारी, हिम्मतवालीको दर्जा दिइएको छ । अर्कोतिर सुशीललाई बलात्कारीको आरोप लागिसकेको छ । जबकी सुशीलले निक्कीलाई टच समेत गरेको विषय कतै छैन ।
झुठो बोलेकै भरमा कञ्चन रेग्मी, मीनासिंह खड्का, अनुजा बानियाँले नेपालमा एक समय मार्केट लिए । कतै कञ्चन पछि पालो निक्कीको आएको हो त ? के निक्कीले चर्चाकै लागि सुशीलमाथि यति गम्भीर आरोप लगाएकी हुन् त ?