मनोरञ्जन

अमिर खानको दंगलले हङकङमा कमायो साढे १९ करोड भारु

अमिर खानको दंगलले हङकङमा कमायो साढे १९ करोड भारु


एजेन्सी । आमिर खान अभिनित फिल्म दंगलुले हङकङ बक्स अफिसमा बलिउड फिल्महरूको कीर्तिमान तोडेको छ।

फिल्मले हङकङको बक्स अफिसमा १९.५ करोड भारू कमाइ गरेको छ । यसअघि कमाइको कीर्तिमान आमिरकै थ्री इडियट्सको नाममा थियो ।

हङकङका ४६ पर्दामा फिल्म रिलिज भएको थियो । फिल्मलाई प्राप्त यो शो हङकङमा कुनै पनि हिन्दी फिल्मलाई दिइएको सर्वाधिक शो हो । फिल्मले पहिलेको भन्दा ४ गुना बढी पर्दा पाएको थियो ।

फिल्मले हालसम्म विश्वव्यापी रूपमा २९७.६८ मिलियन डलरको कमाइ गरिसकेको छ।

विशेष