रामले होइन लक्ष्मणले गरेका थिए रावणको वध !
काठमाडौं । हामी सबैलाई थाहा छ कि रावणको वध रामले गरेका थिए । वाल्मिकी रामायण पढ्ने जो कोहीले पनि यसै भन्छ । वाल्मिकी रामायणमा रामलाई नायक र रावणलाई खलनायक बनाइएको छ । जसका कारण यो रामायणको प्रभाव जहाँ जहाँ छ त्यहाँ त्यहाँ राम आदर्शवान छन् । रावण गलत ।
तर वाल्मिकी रामायण बाहेकका पनि कैयन कथा, उपकथा र ग्रन्थहरु छन् जहाँ रामायणलाई फरक तरिकाले बुझिन्छ । श्रीलंकामै पनि रामलाई होइन रावणको पूजा हुने गरेको बताइन्छ ।
रावणको मृत्युको रहस्य उसको नाभीमा हुन्छ । त्यो भेद कुलद्रोही विभिषणले खोलीदिएपछि रावणको मृत्यु निश्चित बनिदिन्छ । तर भारतको राजस्थानमा प्रचलित रामायणसम्बन्धी कथामा रावणको बध रामले नभएर लक्ष्मणले गरेको विषय छ ।
जुन कथा अनुशार रावणको ज्यान सूर्यको रथ तान्ने घोडाको नाभीमा हुन्छ । सो घोडाको बध गरेर रावणको पनि उनले बध गरेको बताइन्छ । लोककथामा लक्ष्मण पत्नी उर्मिला बारे कुनै चर्चा छैन । लक्ष्मणलाइ एक ब्रम्हचारी शिद्ध पूरुषका रुपमा अथ्र्याइएको छ ।
एक ब्रम्हचारीले मात्रै घोडाको नाभीमा भएको रावणको ज्यान पहिचान गर्न सक्ने हुन्छ । यहि भएर लक्ष्मणले रावणको लुप्त ज्यान पहिचान गरेर वध गर्न सफल भए । सो लोककथा प्रचलित राजस्थानका केही स्थानहरुमा रामलाई अहिंस्रक व्यक्तिका रुपमा पुजा हुन्छ ।
यो एक कथा हो । रामायणमात्रै होइन महाभारतका पनि कैयन यस्ता उपकथा छन् । जसबाट मूलग्रन्थबारे केही द्विविधा पनि उत्पन्न हुन सक्छ ।