समाज

विजया दशमीमा जमरा यसकारण ग्रहण गरिन्छ

विजया दशमीमा जमरा यसकारण ग्रहण गरिन्छ

काठमाडौं । अहंकारी राक्षस रावणविरुद्ध भगवान रामले विजय प्राप्त गरेको दिनको रुपमा हामी विजया दशमी मनाउछौ । यद्यपी घटस्थापनादेखि महानवमीसम्म शक्ति स्वरुपा देवीहरुको पुजा गरिन्छ । नेपालमा दशैलाई केही मौलिक परम्परा र चलनसहित मनाईन्छ विश्वभरका हिन्दुहरुले विजयादशमी मनाउने गर्छन । नवरात्रीभर दुर्गामाताको उपसना गरिन्छ । विजयादशमीलाई भारतमा दशहराको रुपमा मनाइन्छ । घटस्थापनाको दिन जमरा राख्ने टिका लगाउने जस्ता परम्परा सबै हिन्दुहरुमा छैन । माता भगवतीलाई जमरा मन पर्ने भएकोले जमरा राख्ने र प्रसादका रुपमा ग्रहण गरिन्छ । नवरात्र भर शैलपुत्री, ब्रम्हचारणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, शिद्धीदात्रीको पुजा गरिन्छ । यी सबै शक्ति स्वरुपाहरु हुन् । घटस्थापनादेखि महानवमीसम्मको समयलाई नवरात्र भन्ने पनि चलन छ । यो समयमा अश्त्र, शस्त्रको पनि पुजा गरिन्छ । खासमा यो समय नवदुर्गालाई पुजा गर्नाले शक्ति प्राप्त हुने विश्वास गरिन्छ । नवदुर्गाको पुजा भन्नु नै शक्तिको पुजा हो ।

सोह्र सामाग्रीले भगवती दुर्गा र देवी देवताको पुजा अघिल्ला नौ दिनसम्म गरेपछि पुजामा कुनै त्रुटि भएमा त्यसलाई पुरा गर्न दशमीमा विशेष पुजा गरिन्छ ।
तामाको थालीमा चन्दनले अष्टदल लेखेर बीचमा माटाका देवीका तीन प्रतिमा बनाइन्छ । थालीको बीचमा अपराजिता देवी, दाहिने तर्फ जयादेवी र देब्रे तर्फ विजयादेवीको प्रतिमा राखिन्छ । सोह्र सामग्रीले पुजा र हवन गरिन्छ । त्यसपछि जमरालाई समेत पुजा गरिन्छ । देवीहरुको आरती र पुष्पाञ्जली गर्नाले आफूमाथि कसैले विजय गर्न सक्दैन भन्ने धार्मिक विश्वास छ । यसपछि देवी देवताका मूर्तिहरु, नवपत्रीकालाई बाजागाजा या वैदिक मन्त्र पढेर जलाशयमा विसर्जन गरिन्छ । र अविर र दहीमा चामल मुछेर विजयको प्रतिक टिका र जमरा थापीन्छ । मान्यजनबाट विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म टिका थाप्ने चलन छ ।

टिका लगाउदा संस्कृतमा रचना गरिएको श्लोक पढेर आशिर्वाद दिने गरिन्छ । दीर्घायू, शत्रुनास, धनसम्पती, मान सम्मान, शक्ति, ज्ञान प्राप्त होस भन्ने आशिर्वाद दिइन्छ ।

दसैसं“ग पौराणिक महाकाब्य रामायण जोडिन्छ । रामायणको प्रशग उठाउ“दा धेरैले भगवान रामलाई सम्झना गर्छन् । तर रामको दुश्मनको रुपमा रामायणमा चित्रित रावण बारे धेरै रहस्यम जानकारी विलुप्त हुने गर्छन् । रावण रामायणको एक खलपात्र भए पनि उ धेरै प्रशंगमा विद्वान र शक्तिशाली भएको उल्लेख छ ।

रामायणका रचनाकार बाल्मिकी आफैले रावणलाई महात्मा भनेका छन । प्रातकालमा लंकामा भगवानको पुजा अर्चना, शंखनाद र वेदको पाठ हुने गरेको त रामायण मै उल्लेख छ । रावण आफै अतुलनीय ज्ञानी र धेरै विद्याको सफल साधक थियो । एक कुशल राजनीतिज्ञ, सेनापति र वास्तुकलामा रावण पारंगत थियो ।

 

विशेष