समाज

रावणले लक्ष्मणलाई सिकाएको तीन महत्वपर्ण पाठ

रावणले लक्ष्मणलाई सिकाएको तीन महत्वपर्ण पाठ

काठमाडौं । रामायणमा राम र रावणबीच घमासान युद्ध हुन्छ । त्यो युद्धमा रावणलाई आफ्नै भाइ विभिषणले धोका दिन्छन् । जसका कारण रावणको युद्धमा हार हुन्छ । उसले रामको हातबाट ज्यान गुमाउँछ ।

रावण जति अहंकारी भए पनि उसले चार वेद कण्ठ पारेको थियो । तन्त्र विद्यामा उ पारंगत थियो । साहित्य, संगीत र युद्धमा पनि उसको ठूलो प्रतिभा थियो । त्यो बेलाको पराक्रमी र वैज्ञानिक थियो रावण ।

जब रामले रावणको ज्यान लिने गरी बाण प्रहार गरे तब रावण रामको वाणबाट घायल भइ भूईमा ढल्यो । उ मृत्युलाई पर्खिरहेको थियो । त्यो बेला रामले लक्ष्मणलाई भने कि ‘यो पृथ्वीले फेरि कहिले पनि नपाउने महाविद्वान, महापराक्रमी रावणसँग जीवनका सत्य सिकेर आउ । राजपाठ बुझेर आउँ ।’
तब लक्ष्मण रावणको पाउतिर उभिए । रावणको नजिकै गए । र उनले सोधे कि युद्धमा तपाईको हार भयो । तर तपाईको पराक्रम तीन लोकमा कहिले पनि नाश हुने छैन । जीवनमा सबै कुरा पाएर, जानेर पनि तपाईले युद्धमा किन हार मान्नु पर्यो ?

लक्ष्मणको कुरा सुनेर रावणले भन्छ, ‘मैले तपबाटै कसैबाट नमर्ने बरदान पाएको थिएँ । तर मान्छे र वाँदरबाट मृत्यु हुन सक्छ भनिएको थियो । म कहिले पनि मान्छे र बाँदरलाई तुच्छ शिवाय देख्दिनँ थिए । राम बाँदर सेनासहित आएपछि मलाई यी प्रतिद्वन्द्वी अत्यन्त कमजोर प्रतित भयो । आफ्नो दुश्मनलाई कमजोर ठान्नु नै मेरो जीवनको बर्बादी थियो । यसकारण कहिले पनि दुश्मनलाई कमजोर नठान्नु ।

रावणले दोस्रो शिक्षा दिँदै लक्ष्मणलाई भन्यो, ‘आफनो जीवनको महत्वपूर्ण रहस्य कहिले पनि कसैलाई पनि नभन्नू । मैले मेरो ज्ञानी भाईलाई मेरो मृत्युको रहस्य बताएको थिएँ । जसका कारण रामले मेरो अमृत सुकाए । र मलाई यस्तो घायल बनाए ।

रावणको तेस्रो शिक्षा थियो, ‘शुभकाम जति सक्दो चाँडो गर्नु पर्छ । अशुभ काम जतिसक्दो ढिलो गर्नु पर्छ । मैले भगवान रामलाई चिन्ने शुभकाम गर्न धेरै ढिलो गरेँ । रामलाई मैले पहिले नै चिन्न सकेको भए आज मेरो यो हालत हुने थिएन ।’

 

विशेष