खेल

लगातार खराव प्रदर्शन गरिरहेका विनोद भण्डारी किन पर्छन् राष्ट्रिय क्रिकेट टोलीमा घरीघरी

अाजकाे खेलमा पनि फीतलाे प्रदरषन्,

लगातार खराव प्रदर्शन गरिरहेका विनोद भण्डारी किन पर्छन् राष्ट्रिय क्रिकेट टोलीमा घरीघरी

काठमाडौं । नेपालको राष्ट्रिय क्रिकेट टोलीका नियमित खेलाडी हुन् विनोद भण्डारी । उनले २००९ सेप्टेम्वरमा कुवेतविरुद्ध पहिलो पटक ब्याट्स म्यानको रुपमा डेब्यु गरेका थिए । पहिलो खेलमा नै उनी मैदानमा पुग्दा नेपाललाई अन्तिम बलमा ७ रन चाहिएको अवस्था थियो । उनले त्यही अन्तिम बलमा छक्का प्रहार गरेर खेललाई बराबरीमा रोके । यही दिनदेखि उनले पछाडि फर्केर हेर्नु परेको छैन । यद्यपी उनका एकाध बाहेक अधिकाँश खेल सम्झनलायक छैनन् ।

 हङकङको मिसन रोड ग्राउण्ड मोङ्गकक मा आज भएको खेलमा  विनोदले १८ वलको सामना गर्दै २ चौका र १ छक्काको मद्दतले जम्मा १७ रन मात्र बनाउन सके । कप्तान पारस खड्का र उप कप्तान ज्ञानेन्द्र मल्ल जस्ता भरपर्दा ब्याट्सम्यानहरुले जिम्मेवारपूर्ण खेल खेल्न नसकेको परिस्थितीमा छ्रैटौं क्रममा मैदान प्रवेश गरेका भण्डारीले खेल सम्हाल्न सकेनन् । सुरुवाती सबै ब्याट्सम्यानहरुलाई सस्तैमा गुमाएको नेपालको जीतको लक्ष्य विनोद एक्लैले पनि अगाडी लिएर जानसक्नु पर्रथ्याे ।

सन् २०१४ को विश्वकपमा बल्ल बल्ल स्थान पाएको नेपालले बलियो प्रतिस्पर्धी अफगानिस्तानलाई हराएको थियो । उता हङकङले इंगल्याण्डलाई जितेको खण्डमा नेपाल अर्को चरणमा पुग्ने थियो । नभन्दै उक्त खेल हङकङले उक्त खेलमा जित निकाल्यो । तर नेपालका लागि त्यो जित पर्याप्त भएन । अब बंगलादेशसँग जसरी पनि जित्नु पर्ने थियो । अन्तिम ओभर तिर क्रिजमा आएका विनोद भण्डारीको बंगलादेशी बलरसामु केही चलेन । विनोदले खेललाई अगाडि बढाउनै सकेनन् अर्थात डट बल खेले । यसरी प्रतियोगिताको भाग्य हङकङको हातमा पुग्यो ।

टि ट्वान्टी प्रतियोगितामा विनोदको व्याटिङ औषत जम्मा १०.५५ रन छ । त्यसैगरी अन्तर्राष्ट्रिय टि ट्वान्टी प्रतियोगितामा जम्मा ३.८८ को व्याटिङ औषतले जम्मा ६०.६८ मात्र स्ट्राइक रेट छ । उनले हालसम्म खेलेका प्रतियोगिताको उत्कृष्ट खेल भनेकै पपुवा न्युगिनीविरुद्ध ५१ नटआउट हो, जुन रन भेटाउन जम्मा ३१ बल खर्चेका थिए । त्यसबाहेक विनोदले सम्झनलायक कुनै खेल खेलेकै छैनन् । एक दिवसीयतर्फ उनले २०१५ मा भएको विश्व क्रिकेट लिग डिभिजन टुमा पूरै ६ इनिङ खेलेर २८.८० को औषतले बनाएको १४४ रन नै सर्वाधिक रन हो । पछिल्लो समय विकेट किपरको भूमिकामा पनि देखिएका विनोदले विकेट किपिङमा पनि गतिलो प्रभाव पार्नसकेको देखिँदैन । 

नेपाली क्रिकेट टिमका ‘हार्ड हिटर’ भण्डारीको बाउण्ड्री पनि देख्न मुस्किल छ । तथापी मुलुकभित्र हुने घरेलु प्रतियोगितामा उनले सधैं नै राम्रो प्रदर्शन गर्दछन् । नेपाल आर्मी क्लवका क्याप्टेन रहेका उनी धनगढी प्रिमियर लिगमा कन्चनपुर आइकोनिकका पनि कप्तान थिए । यसैगरी, नेपाल प्रिमियर लिगमा सगरमाथा लिजेण्डको पनि कप्तानकै जिम्मेवारी सम्हालिरहेका छन् । क्यानले नेपाली खेलाडी वर्र्गीकरण गर्दा उनलाई ‘क’ श्रेणीको खेलाडीको मान्यता प्रदान गरेको छ ।
अहिले नेपाली टिम आगामी अक्टोवर १३ र १५ तारिखमा हङकङमा हुने विश्व डिभिजन लिगका लागि भारतको चेन्याईमा स्थानीय क्लवहरुसँग अभ्यास खेल खेलिरहेको छ । जारी तीन वटा अभ्यास खेलमा उनले क्रमशः तीन, सात र शून्य रनमात्र बनाउन सकेका छन् जबकी ज्ञानेन्द्र मल्ल र शरद भेषवाकरले सतकीय पारी खेलिसकेका छन् ।

‘नेपालमा क्याम्पमै छँदा पनि उनले राम्रो प्रदर्शन गर्नसकेका छैनन्,’ नेपाली क्रिकेटको राष्ट्रिय टिममा प्रतिनिधित्व गरिसकेका एक जना पूर्व खेलाडीले भने । नेपालले विश्व क्रिकेट प्रतियोगितामा कीर्तिमानी इतिहास भएका खेलाडीहरुसमेत नअटाएको परिप्रेक्ष्यमा विनोद कसरी नियमित अटाइरहेका छन् । यो भने चासोको विषय बनेको छ, नेपाली क्रिकेटका शुभचिन्तकहरुमा । तर यो पनि हल्ला चलिरहेको छ कि विनोद भण्डारी उपकप्तान ज्ञानेन्द्र मल्लका कारण टिममा अटाइरहेका छन् । यो खवर भने पुष्टि हुन बाँकी नै छ ।

 

 

विशेष