सवारीसाधनको ठक्करबाट बालकको मृत्यु
राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कृष्णासवरण गाउँपालिकामा सवारीसाधनको ठक्करबाट आज एकजना बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही गाउँपालिका बस्ने दुर्गानारायण चौधरीको १६ वर्षीय छोरा सुमनकुमार चौधरी रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
गाडीको ठक्करबाट घाइते चौधरीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई नम्बर नखुलेको पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सवारीसाधनले ठक्कर दिएको थियो ।
यता सवारीसाधनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।