मुख्य समाचार

नापी विभागसँग चोरीको सफ्टवेयर, नक्सा जोखिममा

नापी विभागसँग चोरीको सफ्टवेयर, नक्सा जोखिममा

काठमाडौं । नापी विभागले प्रयोग गर्दै आइरहेको भौगोलिक सूचना प्रणाली जिआइएस सम्बन्धी सफ्टवेयर चोरीको पाइरेटेड भएको पाइएको छ ।

विभागले ‘इसरी इन्क’ नामक अमेरिकी कम्पनीको ‘आर्क जिआइएस’ सफ्टवेयर अनधिकृत रुपमा महत्वपूर्ण तथ्याकं संकलन तथा अपडेट गर्ने कार्यमा प्रयोग गरिरहेको छ ।

इसरी इन्डियाका नेपाल हेर्ने विवेक चौहानका अनुसार ७ ८ बर्ष यता नापी विभागले आफूबाट जिआइएस नलिएको बताए । नापी विभागको सर्भे तथा नाप नक्सासम्बन्धी कामका लागि जिआइएस सफ्टवेयर सबैभन्दा महत्वपूर्ण हुन्छ ।

विभाग र मातहतका शाखा तथा ७५ वटै जिल्ला कार्यालयको काममा दैनिकजसो उपयोगमा आउने सफ्टवेयर भने सम्बन्धीत कम्पनीको अनुमतिविना नै प्रयोग भइरहेको छ । सबै शाखा र जिल्ला कार्यालयमा इसरीको आर्क जिआइएस सफ्टवेयर प्रयोगमा छ ।

यस्ता छन् जोखिम

महत्वपूर्ण सरकारी तथ्याकं नष्ट हुन सक्ने
तथ्याकं असुरक्षित हुँदा चोरी तथा दुरुपयोग हुन सक्ने
ह्याक हुने अत्याधिक सम्भावना
तथ्याकं तोडमोड हुनसक्ने
गैरकानुनी निगरानी तथा जोखिम न्यूनिकरणमा समस्या
अनुसन्धान तथा विकास सहायतामा समस्या

नयाँ पत्रिका

विशेष