मनोरञ्जन

दीपिकाको फिल्म पद्यावती रिलिज हुनु अघि नै विवाद, निर्मातालाई आयो यस्तो धम्की

दीपिकाको फिल्म पद्यावती रिलिज हुनु अघि नै विवाद, निर्मातालाई आयो यस्तो धम्की


नयाँ दिल्ली । संजय लिला भन्सालीको आगामी फिल्म ‘पद्मावती’ रिलिज हुनुअघि नै विवादमा परेको छ । चितौडको रानीको कथामा आधारित यो फिल्मको पहिलो पोस्टर शुक्रबार सार्वजनिक भएको थियो ।

पोस्टर सार्वजनिक हुने वित्तिकै राजस्थानको करणी सेनाले फिल्म निर्मातालाई धम्की दिएका छन्, फिल्ममा अनावश्यक तथ्य समावेश गरिएको खण्डमा रिलिज हुन नदिने भन्दै । न्युज एजेन्सी आइएएनएसका अनुसार करणी सेनाका संस्थापक लोकेन्द्र सिंह कलवीले यस्तो धम्की दिएका हुन् ।

उनले २० दिन अगाडि भन्सालीको टिमले आफूहरुलाई फिल्म हेर्न निम्तो गरेको तर आफूहरुले इतिहासकार र बुद्धिजिविलाई पनि राखेर फिल्म देखाउन आग्रह गरेको बताए । यसपछि कोही पनि सम्पर्कमा नआएको भन्दै उनले ऐतिहासिक पक्षमा छेडछाड भए फिल्म चल्न नदिने धम्की दिए । फिल्मको मुख्य भुमिका दीपिका पादुकोणले गरिरहेकी छिन् ।

विशेष