मनोरञ्जन

यतिसम्म गरे रणवीर र माहिराले, न्यूयोर्कको सडक मै चुरोटको धुँवा

यतिसम्म गरे रणवीर र माहिराले, न्यूयोर्कको सडक मै चुरोटको धुँवा


एजेन्सी । भारतीय अभिनेता रणवीर कपुर र पाकिस्तानी अभिनेत्री माहिरा खान न्युयोर्कको सडकमा चुरोट पिउँदै मस्ति गरिरहेको फोटोले अहिले भारतिय संचारमाध्यमहरु भाइरल भएका छन् । केही समय अघिदेखि नै यी दुई बिच प्रेम संबन्ध हुनसक्ने अड्कल भईरहेको थियो ।

यो तस्बीर सार्वजनिक भएपछि भारतामा मात्र होईन पाकिस्तानमा पनि माहिरा र रणवीरको उक्त तस्वीरलाई घृणाको नजरले हेर्ने र सामाजिक संजालभरि आलोचना गर्दै ट्रोल गरिएका छन् ।

उक्त फोटोमा रइस नायीका माहिरा सर्ट टपलेस अवतारमा छिन् त्यसकारण उनीहरुको आलोचना भएको छ । उनीहरु सडकमा चुरोट खाएको कारण झन आलोचित हुन् पुगेका हुन् । यो फोटो भाईरल भएपछि बलिउड ‘प्ले ब्वाई’ रणवीर र माहिराले आफ्नो निजि जीवन जिउँदा अरुले बिवाद झिक्नु गलत हो भनेर सोसल मिडियामा राखेका छन् ।

चुरोट खानु र माहिरालाई घृणा गर्नु दुबै हानिकारक चिज हुन भनेर एक रणवीरले एक संचारमाध्यमलाई अन्र्तवार्तासमेत दिएका छन् ।

विशेष