मनोरञ्जन

शाहरुख खानका मित्र फिल्म निर्माता बलात्कारको मुद्धामा पुगे खोर

माटाेमा मील्याे शाहरूख खानकाे नाम

शाहरुख खानका मित्र फिल्म निर्माता बलात्कारको मुद्धामा पुगे खोर


काठमाडौं । बलिउड फिल्म निर्माता करिम मोरानीले बलात्कारको मुद्दामा शनिबार तेलंगाना पुलिससामू आत्मसमर्पण गरेका छन् ।

मारानीले ‘दामिनी’, ‘राजा हिन्दुस्तानी’, ‘रा.वन’ र ‘चेन्नई एक्सप्रेस’ जस्ता फिल्म निर्माण गरिसकेका छन् । मोरानीमाथि सन् २०१५ मा दिल्लीकी एक महिलामाथि मुम्बई र हैदराबादमा थुप्रै पटक बलात्कार गरेको आरोप छ ।

यसै वर्षको जनवरीमा पीडिताले मोरानीमाथि बलात्कारको आरोप लगाएकी थिइन् । पीडित ब्याचलर अफ बिजनेस म्यानेजमेन्टकी छात्रा हुन् । मोरानीलाई आज अदालतमा पेश गरिनेछ । उनको मेडिकल परिक्षण पनि गरिनेछ । पीडितका अनुसार मोरानीले मुम्बई र हैदराबादमा उनीमाथि थुप्रै पटक बलात्कार गरे । उनी फिल्ममा काम गर्न चाहन्थिन् । साथै, उनका अनुसार मोरानीले उनीसँग विवाह गर्ने बाचा पनि गरेका थिए ।

उनले मलाई थुप्रै पटक ड्रग्स दिए र ममाथि बलात्कार गरे । उनले मेरो हत्या गरिदिने पनि धम्की दिए । साथै, मेरो नग्न फोटो सार्वजनिक गरिदिन्छु भनेर ब्ल्याकमेल गरे ।

मोरानी सिनेयुग प्रोडक्शनका संस्थापन हुन् र शाहरुख खानका नजिकका मानिन्छन् ।

विशेष