खेल

खगेन्द्र बने यस वर्षको लिगलिगे राजा

खगेन्द्र बने यस वर्षको लिगलिगे  राजा

काठमाडौं । यस वर्षको लिगलिगे दौड नेपाली सेनाका धावक खगेन्द्र रानाभाटले जितेका छन् ।

दौडेर राजा हुने परम्परालाई निरन्तरता दिँदै गोरखाको पालुङटारस्थित लिगलिग विकास अभियानले गरेको लिगलिगे दौड प्रतियोगिता पूरा गरी यस वर्षको लिगलिगे राजाको उपाधि रानाभाटले जितेका हुन् ।

चेपेघाटबाट लिगलिगकोटसम्म १३.५ किलोमिटर दौड एक घण्टा दुई मिनेटमा पूरा गरी डोटी घर भएका खगेन्द्रले श्रीपेच पहिरिएका हुन् । कार्यक्रमका प्रमुख अतिथि खेलकूद मन्त्री राजन केसीले श्रीपेच पहि¥याउँदै रु. ५० हजार नगद पुरस्कारसहित पुरस्कृत गरे । यस्तै नेपाली सेनाकै रामजी बस्नेतले एक घण्टा तीन मिनेटमा निर्धारित दूरी पार गरी दोस्रो हुँदै रु. ३० हजार पुरस्कार जिते ।

नेपाली सेनाकै अनिश बस्नेतले एक घण्टा ५ मिनेटमा दौड पूरा गरी तेस्रो भए। उनले २० हजार नगद पुरस्कार जिते ।

विशेष