स्वास्थ्य

देशभरका ओपीडी सेवा बन्द, डाक्टर हडतालमा

देशभरका ओपीडी सेवा बन्द, डाक्टर हडतालमा


काठमाडौं । स्वास्थ्य तथा स्वाास्थ्यकर्मीको सुरक्षा गर्न बनेको ऐन २०६६ मा चिकित्सकमाथि आक्रमण घेराउ र अपमान गर्नेमाथि विनाधरौटी जेलचलान जेल विद आउट वेलको प्रावधान समेट्दै तत्काल पेस गर्नुपर्ने माग गरेर चिकित्सकहरुले आईतबार पनि देशभरका सरकारी, निजी तथा क्लिनिकका ओपिडी सेवा बन्द गरेका छन् ।

नेपाल चिकित्सक संघको आह्वानमा शुक्रबारदेखि हड्ताव सुरु भएको थियो । आन्दोलनमा उत्रिएका चिकित्सकहले तत्काल कानुन् संशोधन प्रक्रिया सुरु नरेसम्म हड्ताल नरोक्ने अडान राखेका छन् ।

सुरुमा आन्दोलनको प्रमुख कारक बनेको मन्त्रिपरिषद्को निर्णय सच्याउँदै प्रक्रिया पुर्र्यार कानुन संशोधनको प्रतिवद्धता गर्दासमेत चिकित्सकले हडताल रोक्न इन्कार गरेका हुन् ।

नगारिक

विशेष