खेल

मोरङ ११ लाई हराउँदै ब्वाइज युनाइटेड दूधे गोल्डकपको फाइनलमा

मोरङ ११ लाई हराउँदै ब्वाइज युनाइटेड दूधे गोल्डकपको फाइनलमा


झापा । झापाको शिवसताक्षी नगरपालिकामा जारी प्रथम दूधे गोल्ड कपमा मोरङ–११ लाई फराकिलो गोल अन्तरले पाखा लगाउँदै ब्वाइज युनाइटेड काठमाडौंले फाइनलमा स्थान पक्का गरेको छ ।

आइतबार भएको खेलमा मोरङलाई ४–० गोल अन्तरले हराउँदै ब्वाइजले फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो हाफको १० औं मिनेटमा अरुण श्रेष्ठले पहिलो गोल गर्दै व्वाइजलाई अग्रता दिलाएका थिए ।

खेलको ३२ औं मिनेटमा र दोस्रो हाफमा १७ औं मिनेटमा ब्वाइजका लागि विदेशी खेलाडी अलिवा मेसीले २ गोल गरे । दोस्रो हाफको १४ औं मिनेटमा ब्वाइजका अर्का विदेशी खेलाडी अजय मार्टिन केले गोल गर्दै जितलाई सुनिश्चित गरे ।

खेलमा दुई गोल गरेका ब्वाइजका अजय मार्टिन के म्यान अफ द म्याच घोषित भए । उनले नगद ५ हजार पाए । अन्तिम खेल सोमबार हिमालयन शेर्पा क्लब र सशस्त्र प्रहरीको एपीएफबीच हुँदैछ ।

विशेष