स्वास्थ्य भिडियो

ध्रुव मजुम्दार भन्छन् : दसैंमा खाँदा यी विषयमा अवश्य विचार पु-याउनुस् (भिडियाेसहित)

दशैं संवाद

ध्रुव मजुम्दार भन्छन् : दसैंमा खाँदा यी विषयमा अवश्य विचार पु-याउनुस् (भिडियाेसहित)

काठमाडौं । दशैँमा विशेषगरी मासु खाने प्रचलन हुन्छ । तर, स्वस्थ रहन कस्तो मासु खाने र मासुलाई कसरी बनाएर खाने भन्नेबारे मानिसहरु अनविज्ञ छन् । खाइसकेर रोगले समातिसकेपछि मात्र पछुताउनु भन्दा समयमा होस पु-याउनु उचित हुन्छ । यसलाई मध्यनजर गर्दै नेपाल आजले घरेलु उपचार जानकार ध्रुव मजुम्दारसँग कुराकानी गरेको छ । उनीसँग गरिएको कुराकानीको सम्पादित अंश यस्तो छ ।

मासुलाई उमालेर खानुस्

कुन मासु राम्रो र नराम्रो भनेर जान्नु पर्छ । विशेषगरी ननभेजलाई तीन प्रकारले छुट्याइएको छ । रातो मासु, सेतो मासु र अर्को प्रोसेस मिट । सेतो मासुमा माछा र कुखुराको मासु पर्छ । तर माछाको लेग पिस पनि रातो मासुमै पर्छ । अन्य फ्लेभर हालेर बनाइएको मासुलाई प्रोसेस मिट भनिन्छ । यो तीनवटामा सबभन्दा राम्रो चिकेन ब्रेस्ट र माछा हो । यी सबै मासु खानुअघि राम्ररी पानीमा उमालेरमात्र पकाउनुपर्छ ।

रातो मासु नखाएकै जाति

रातो मासुमा स्याचुरेटेड फ्याट धेरै हुन्छ । यसलाई हटाउन मासुलाई मज्जाले उमालेर, रिन्ज गरेरमात्र पकाउनुपर्छ । यसो ग¥यो भने ६० प्रतिशत फाइदा हुने सम्भावना छ । सकेसम्म रातो मासु नखाएकै उचित हुन्छ । किनभने यसले कोलेस्ट्रोल र ब्लड प्रेसर बढाउँछ ।

रिफाइन गरेको तेल राम्रो होइन

सकेसम्म तोरीको तेल खानुपर्छ । ‘रिफाइन ओयल’ खानु राम्रो होइन । किनभने कुनै पनि कुरा रिफाइन गर्नु भनेको राम्रो हुँदै होइन । तोरीको शुद्ध तेल र गाईको घ्यु खानु स्वास्थ्यको लागि राम्रो हुन्छ ।

रेफ्रिजेरेटर प्रयोग नगर्नुहोेला

दशैँमा विशेषगरी मासु धेरै ल्याएर रेफ्रिजेरेटर राखिने गर्ने बानी हुन्छ । त्यो एकदमै खराब हो । सकेसम्म कहिल्यै पनि कुनै पनि खाना प्रयोग नगर्नु नै वेश । रेफ्रिजेरेटरमा प्रयोग हुने सीएफसी या हाइड्रो फ्लुरोकार्बोन स्वास्थ्यको लागि विष सरह मानिन्छ । त्यसकारण धेरै मासु ल्याएर फ्रिजमा स्टोर गर्नु राम्रो होइन । यदि सम्भव नभएमा मासु पकाएर आगोको सानो आँचमा राख्न सकिन्छ ।

डाइबिटिजका रोगीले खसीको मासु कसरी खाने ?

जो मान्छेको कोलेस्ट्रोल हाइ हुन्छ उनीहरुले मासु खाँदा धेरै ध्यान दिनुपर्छ । सकभर सुगर, कोलेस्ट्रोल र डाइबेटिजका रोगीले खसीको मासु नखानु नै राम्रो हो । तर, खान मन लाग्दा त्यसलाई उमालेर रिन्ज गरेर खान सकिन्छ । जाइफल हालेर पकाउँदा राम्रो हुन्छ ।

खसीको आन्द्रा भुँडी नखाएकै राम्रो

खसीको आन्द्राभुँडी, रगत, छाला, बोसो खानेकुरा नै हैन । आन्द्राभुँडी जति सफा गरेपनि सफा हुँदैन । यस्ता चिजले शरीरलाई अलिकति पनि फाइदा गर्दैन ।

रक्सी र ‘कोल्ड ड्रिंक्स’ खाने चिज नै होइन

रक्सी खाने चिज नै होइन । यसका फाइदा बेफाइदा हामी सबैलाई थाहै छ । एक बोतल कोकाकोलामा ३८ प्रतिशत सुगर हुन्छ । कुनै पनि ड्रिंक्समा सुगरको मात्रा बढी हुन्छ । जसलाई शरीरले पचाउन सक्दैन ।

 

Dhurba Majumdar

विशेष