मनोरञ्जन

ऋषि धमला पत्नीसँग पल शाहले मस्ति गर्ने

ऋषि धमला पत्नीसँग पल शाहले मस्ति गर्ने

काठमाडौं । पत्रकार ऋषि धमलाकी पत्नीको निर्माण र मुख्य अभिनय रहने फिल्म ’अनुराग’मा नायक पल शाह अनुबन्धित भएका छन् ।

यसअघि दिपक घिमिरेको अभिनय रहने भनिए पनि उनले फिल्म नगर्ने भएसँगै निर्माण पक्षले नायक पल शाह अनुबन्धित भएको जानकारी दिएको छ । एरिका फिल्मसको ब्यानरमा बन्ने फिल्म ’अनुराग’लाई सत्यराज चौलागाईले निर्देशन गर्दैछन् । उनले उक्त फिल्मबाट १८ लाख पारिश्रमिक लिने छन् ।

फिल्ममा धमलाकी पत्नी एलीजा गौतम र पल शाह बाहेक सरोज खनाल, रुपा राणा, निर्मल शर्मा लगायतको पनि अभिनय रहनेछ। फिल्म ’अनुराग’ आउँदो वैशाखमा प्रदर्शन हुने तयारीमा छ।

विशेष