मनोरञ्जन

एक ट्वीट जसले खोसियो मिस टर्कीको ताज

एक ट्वीट जसले खोसियो मिस टर्कीको ताज


इस्तानबुल । मिस टर्कीले गरेको एक पुरानो ट्वीट्को विषयलाई लिएर सन्चारमाध्यममा आलोचना भएपछि सन् २०१७को मिस टर्कीको ताज खोसिएको छ ।

१८ वर्षीया ‘मिस टर्की’ आइतिर एसेनले टर्कीमा भएको सैनिक विद्रोहसँग सम्बन्धित बिषय ट्वीटरमा पोष्ट गरेपछि उनको ‘मिस टर्की’को खोसिएको हो ।
एसेनले उक्त ट्वीटमा ‘शहिद’को रगतलाई आफ्नो ‘पीरियड्स’को रगतसँग तुलना गरेकी थिइन् ।

सन् २०१७ को मिस टर्कीको आयोजक संस्था ‘ब्यूटी कन्टेस्ट’ले एसेनको उक्त ट्वीट ‘अस्वीकार्य’ रहेको बताउँदै उनको मिस टर्कीको ताज फिर्ता लिने निर्णय गरेको पुष्टि गरेको छ ।  उनले गत जुलाई १५ मा ट्वीटरमा लेखेकी थिइन्, ‘१५ जुलाई मनाउँदै गर्दा आज मलाई पीरियड्स भएको छ, मेरो यो रगतले शहिदको रगतलाई बुझाउँछ ।’

उनले ‘सैनिक विद्रोह’ असफल भएको एक सालको खुशियाली मनाउँदै गर्दा उक्त ट्वीट पोष्ट गरेकी थिइन् । सन् २०१६ को जुलाई १५ मा टर्कीमा ‘सैनिक विद्रोह’ असफल भएको थियो । उक्त विद्रोहमा करिव २५० जनाको मृत्यु भएको थियो । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले ती २५० जनालाई ‘शहिद’ मान्दै आएका छन् ।

मिस टर्कीको उक्त पुरानो ट्वीट् सन्चारमाध्यममा आएपछि विवादास्पद बनेको थियो ।

विशेष