मनोरञ्जन

टाइग र दिशा ‘लिभ इन रिलेसन’ मा बस्ने

टाइग र दिशा ‘लिभ इन रिलेसन’ मा बस्ने

एजेन्सी । बलिउड अभिनेता टाइगर श्राफ र दिशा पटानीको प्रेम सम्बन्धबारे धेरै चर्चा भइरहन्छ । विभिन्न कार्यक्रम र समारोहमा सधैँ सँगै देखिने यी जोडि अब ‘लिभ इन रिलेसन’ मा बस्ने भएका छन् ।

स्रोतले जनाएअनुसार टाइगर र दिशा आफूहरु ‘लिभ इन रिलेसन’ मा बस्ने तयारी गर्दै छन् । दिशा हालै बान्द्रास्थित एक नयाँ फ्लाटमा सरेकी छिन् । उक्त फ्लाट टाइगर र दिशा दुबैले मिलेर खरिद गरेको बताइएको छ । बलिउडमा अक्षय कुमार ट्वींकल खन्ना, सैफ अली खान करिना कपूर पनि विवाह गर्नु भन्दा पहिला ‘लिभ इन रिलेसन’ मा बसेका थिए ।

टाइगर र दिशा एकसाथ फिल्म ‘बागी २’ मा पनि सँगै देखिदैँ छन् । फिल्म अर्को वर्ष रिलिज हुने बताइएको छ ।

Tiger Shroff, Disha Patani

विशेष