Technology

टेलिकमको अन्तर्राष्ट्रिय आम्दानी घट्यो

टेलिकमको अन्तर्राष्ट्रिय आम्दानी घट्यो


काठमाडौं । नेपाल टेलिकमको अन्तर्राष्ट्रिय कलबाट हुने आम्दानीमा झण्डै २२ प्रतिशतले कमी आएको छ ।

गत वर्ष अन्तर्राष्ट्रिय ट्राफिकबाट ११ अर्ब ५० करोड आम्दानी गरेको टेलिकमले यस वर्ष नौ अर्ब रुपैयाँमात्र आम्दानी गरेको छ । गत वर्षभन्दा दुई अर्ब ५० करोड कम आम्दानी गरेको टेलिकमको आम्दानी २१।७३ प्रतिशतले घटेको हो ।

टेलिकमले अन्तर्राष्ट्रिय कलबाट यस वर्ष १३ अर्ब ५० करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको थियो । यसै सन्दर्भमा टेलिकमलाई अन्तर्राष्ट्रिय कलबाट गर्ने आम्दानी घटेको विषयमा सात दिनभित्र सत्यतथ्य जानकारी गराउन संसदको विकास समितिले सोमबार निर्देशन दिएको छ ।

नागरिक

विशेष