मुख्य समाचार

दशैंको मुखमा के भयो यस्तो, तीन जनाको निस्सासिएर मृत्यु

दशैंको मुखमा के भयो यस्तो, तीन जनाको निस्सासिएर मृत्यु


रौतहट । रौतहट जिल्लाको सुकदेव चौकमा निर्माणाधिन अवस्थामा रहेको घरको सेफ्टि टयांकी भित्रको सेन्ट्रिङ्ग झिक्ने क्रममा निसासिएर ३ जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा परोहा नगरपालिका वडा नम्बर १ का २७ वर्षिय अजय बैठा, २८ वर्षिय विजय बैठा र देवाहि गोनाहि नगरपालिका वडा नम्बर २ का ४० वर्षिय नागेश्वर माझी रहेको छन् । मृत्क तिनै जना कामदारहरु रहेको तथा तिनै जनाको शव पोस्टमार्टमका लागी जिल्ला अस्पताल गौर पठाईएको प्रहरीले जनाएको छ । निर्माणधिन अवस्थामा रहेको सेफ्टि टयांकीको प्वाल सानो भएको हुदा अक्सीजनको कमी भई तिनै जनाको ज्यान गएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

विशेष