मनोरञ्जन

प्रेमीसँग कुरा नमिलेपछि नायिका रिमा विश्वकर्मालाई सास्ती(भिडियोसहित)

प्रेमीसँग कुरा नमिलेपछि नायिका रिमा विश्वकर्मालाई सास्ती(भिडियोसहित)

काठमाडौ । गीतकार इश्वर श्रेष्ठको शब्द सृजनामा गायक रामकृष्ण ढकालको स्वर रहेको गीतको भिडियो ‘ओरालो झरेजस्तो’ सार्वजनिक भए लगत्तै चर्चा बटुल्न सफल भएको छ ।

संगीतकार दीपक शर्माको संगीत रहेको गीतमा नरेन्द्र वियोगीको एरेन्ज रहेको छ । निर्देशक युवराज वाइवाले निर्देशन गरेको गीतमा नायिका तथा सुन्दरी मोडल रिमा विश्वकर्माको अभिनय रहेको छ ।

उत्सब दाहालको छायांकन रहेको गीतमा निशान घिमिरेको सम्पादन रहेको गीतले प्रेमी प्रेमीकाले एक अर्कामा प्रेमको भाषा नबुझ्दा भोग्नु परेको कठीनाईलाई नजिकबाट चित्रण गरेको छ । 

विशेष